काँग्रेस गण्डकी कार्यसमितिमा म्याग्दीबाट अनोद र विमला विजयी

विकल्प न्यूज/बेनी
मंसिर १९ गते । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा भुगोलको प्रतिनिधित्व गर्दै म्याग्दीबाट अनोद श्रेष्ठ र विमला गौचन विजयी हुनुभएको छ ।

भुगोल तर्फको महिला र पुरुष गरी दुई पदमा पुरुष तर्फ शिव केसी र अनोद श्रेष्ठ र महिला तर्फ विमला गौचन र अमृतदेवी बानियाँको उम्मदेवारी परेको थियो । गौचनले ५३४ र बानियाँले ५२९ मत प्राप्त गर्नुभयो । त्यसैगरी श्रेष्ठले ५४८ र केसीले ४८७ मत प्राप्त गर्नभयो । गौचन संस्थापन र श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पक्षका हुनुहुन्छ ।

यसैगरी आदीबासी जनजाती तर्फ मुकुन छन्त्याल, खसआर्यमा नगन्द्र मल्ल र ध्रुव केसी पनि सदस्य पदको उम्मेदवार भएका उहाँहरु विजयी हुनसक्नुभएन । यसैगरी उपसभापति पदका उम्मेदवार नेत्रबहादुर महतले पनि जित हासिल गर्न सक्नुभएन ।