कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी

विकल्प न्युज/ पाेखरा

मंसिर १९ गते । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा शुक्रराज शर्मा विजयी भएका छन् । केही मतगणना गर्नु अगावै उनी निर्वाचित भएका हुन् ।

मत गन्न बाँकी छ । तर, गन्न बाँकी मतभन्दा धेरै अन्तर देखिएपछि उनको जित सुनिश्चित भएको हो । शर्मा पौडेल कोइराला समूहका हुन ।

४६ मत गन्न बाँकी रहँदै शुक्रराज शर्मा विजयी भएका हुन् । एक हजार १०० मत गणना हुँदा शुक्रराज शर्माले ५८५ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी अर्जुन जोशीको पक्षमा ५१० मत खसेको छ । वाह्रखरिबाट