ताजा समाचार:
Search

गलेश्वरमा शतवीज छर्ने भक्तजनको चहलपहल (फोटोफिचर)

विकल्प न्यूज/बेनी
मंसिर १७ गते ।

म्याग्दीको प्रशिद्ध गलेश्वरधाममा बालाचतुदर्शीका दिन (आज) सदवीज छर्ने भक्तजनहरुको चहलपहल देखिएको छ । कोरोना महामारीका लामो समय देखि सुनसान बनेको मन्दिरमा आज भने भक्तजनको चहलपहल भएको हो । सतवीज छर्न म्याग्दीका साथै बागलुङ,पर्वत लगायतका जिल्लाहरुबाट भक्तजनहरु आएका छन् ।

त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतवीज छर्ने परम्परा रहिआएको छ ।

बिहीबार रातिदेखि नै रातभर जाग्राम बसेका र बिहानै गलेश्वर पुगेका व्यक्तिहरूले पितृको सम्झनामा शतवीज छरेका छन् ।