जलजलाको गौशालामा हुर्किदै छन गाईहरु (भिडियो/फोटो)

विकल्प न्यूज/बेनी
मंसिर १६ गते । स्थानीय जातका गाईको सरक्षण गर्न पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा गौशाला स्थापना गरिएको छ । लोपहुँदै गएको स्थानीय जातका गाईको संरक्षण गौशाला स्थापना गरिएको हो । गौशालामा हाल स्थानीय जातका ३२ वटा गाईहरु छन् ।

गण्डकी गोपाल गौशालाले दुईवर्ष अघि नेपालमै पहिलो पटक गौ महोत्सव आयोजना गरेको थियो । महोत्सव मार्फत करिब साढे तिनकरोड रुपियाँ संकलन गरिएको थियो । यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण गर्ने योजना रहेको अध्यक्ष राजु आचार्यले बताउनुभयो ।