म्याग्दीका नेता बानियाँ र महतद्धारा कांग्रेसको केन्द्रिय सदस्य र प्रदेश उपसभापतिमा उम्मेदवारी घोषणा

विकल्प न्यूज/बेनी
मंसिर १५ गते ।

  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा म्याग्दीका नेता रेशमबहादुर बानियाँ र गण्डकी प्रदेश कार्यसमितिको उपसभापतिमा नेत्रबहादुर महतले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

बुधबार काँग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर नेता द्धायले जिल्ला पार्टी सभापति र जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई साक्षी राखेर उम्मेदवारी घोषणा गर्नुभएको हो ।

बानियाँ पूर्व सभापति तथा संविधानसभाका सदस्य र महत पूर्व जिल्ला सहसभापति हुनुन्छ । दुवै नेता काँग्रेसको राजनीतिमा लामो समयदेखि निरन्तर क्रियाशिल व्यक्तिहरु हो । राजनीतिक र वैचारिक नेतृत्व गर्नेसक्ने क्षमता भएका दुवै नेताहरुको उम्मेदवारी घोषणाले म्याग्दीका काँग्रेसमा उत्साह छाएको छ ।

राष्ट्रिय राजनीतिमा केन्द्रले सधै म्याग्दी काँग्रेसलाई सधै उपक्षा गर्दै आएकाले यसपटकको महाधिवेशनमा शसक्त रुपमा उम्मेदवारी दिएको नेता बानियाँले बताउनुभयो । केन्द्र र प्रदेशको राजनीतिमा जिल्लाको पहुँच बनाउन पनि म्याग्दीबाट उम्मेदवारी दिएको नेता द्धायले बताउनुभयो ।

म्याग्दीबाट काँग्रेसको केन्द्रिय समितिमा अहिले सम्म प्रतिनिधित्व भएको छैन बानियाँले भन्नुभयो ‘जिल्लाको केन्द्रसँग राजनीतिक पहुँच बढाएर समग्र विकासकमा नेतृत्वदायी भूमिका खेल्ने छु ।’ प्रदेशमा जिल्लाको पहुँचलाई बलियो बनाएर जिल्लाको विकास र म्याग्दी काँग्रेसलाई बलियो बनाउन आफ्नो उम्मेदवारी भएको नेता महतले बताउनुभयो ।

नेता महत केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवा र बानियाँ वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुनुहू्रन्छ । दुवैजना म्याग्दीको साझा उम्मेदवार भएकाले जिताउन म्याग्दी काँग्रेसले शसक्त भूमिका खेल्ने पार्टी सभापति खम्बिर गर्बुजाले बताउनुभयो ।

नेपाली काँग्रेसको प्रदेश अधिवेशन मंसिर १६ देखि १८ गते सम्म पोखरामा र चौधौं राष्ट्रिय महाधिवेशन मंसिर २४ देखि २७ गते सम्म काठमाण्डौंमा हुँदैछ ।