ताजा समाचार:
Search

माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका चयन

विकल्प न्युज/ बेनी
मुना, ११ मंसिर । नेकपा माओबादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका चयन हुनुभएको छ ।

मुनामा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनले रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा झकबहादुर छन्त्याल, रिमप्रसाद थापा र होममाया बिक रहनुभएको छ ।

सचिबमा रेशम पुन, सहसचिबमा चक्र पुन र कोषाध्यक्षमा रामबहादुर खत्री चयन हुनुभएको छ । यामन रोकाको अध्यक्षता, रेशम पुनको सञ्चालन र झकबहादुर छन्त्यालको स्वागतमा अधिबेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो ।

प्रमुख अतिथि माओवादी केन्द्रका धवलागिरी खुमनाथ सुबेदीले देशनै माओवादीको एजेण्डामा चलिरहेकाले अहिलेको अवस्था आउनुमा माओवादी जनयुद्ध र आन्दोलनको उपलब्धी भएको सम्झीएर उत्साहीत हुदै संगठनलाई सुदृद्धीकरण गर्दै सत्तामा बसेकाहरुको भण्डाफोर र आफ्नो नीति, बिचार बुझाएर आउने चुनावमा जितको तयारी गर्नुपर्ने बताउनुभयो ।