ताजा समाचार:
Search

माओवादी केन्द्र मालिकाको अध्यक्षमा दोरण शेरचन

विकल्प न्युज/ बेनी
दरबाङ, ११ मंसिर । 

नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन चयन हुनुभएको छ ।

पालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न प्रथम अधिबेशनले गाउँ कार्यपालिकाका सदस्य समेत रहेका शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्बाचित गरेको हो । कमिटीको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धीबहादुर जुग्जाली, सचिबमा धनकुमार पाईजा, सहसचिबमा शिब दर्जी र कोषाध्यक्षमा खड्ग छन्त्याल चयन हुनुभएको छ ।

प्रदेश प्रतिनिधीमा रेशम जुग्जाली, कुशल पौडेल, दोरण शेरचन, गौरी सेञ्चुरी, गोबिन सिउथानी र होमबहादुर रोका चयन हुनुभएको छ । सर्बसम्मत कमिटी चयन भएको गाउँपालिका इञ्चार्ज कुशल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार काँग्रेस र एमालेबाट २० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

यसैगरी तुलनारायण पुनको अध्यक्षतामा ५५ सदस्यीय वाइसीएलको गाउँपालिका कमिटी चयन भएको छ । अधिबेशन शुरु हुनु अघि दरबाङको खेलमैदानदेखि बाजागाजा र नाराबाजी सहित शुरु भएको ¥यालीले दरबाङ बजार परिक्रमा गरेर छ्यारछ्यारेको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।

सभाहलमा सहभागी नअटाएपछि बाहिर खुल्ला ठाउँमा कार्यक्रम गरिएको थियो । ७ वटै वडाबाट आएका प्रतिनिधीहरुले ¥याली गरेका थिए । अधिबेशनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले वडा र पालिका सम्मेलनले माओवादीको जागरण ल्याएको बताउनुभयो ।

गणतन्त्र, समावेशी, संघीय ब्यवस्था माओवादी आन्दोलनको उपलब्धी भएको जनताले बुझ्न थालेको र त्यसको प्रभावकारी कार्यान्वयनमा माओवादीकै नेतृत्वको आवश्यकता महशुस भएको बताउनुभयो ।

माओवादी केन्द्रबाट निर्बाचित ओखरबोटका वडा अध्यक्ष दिलिप शेरचनले माओवादीले ल्याएको संबिधान, गणतन्त्रको रक्षाका लागि माओवादीकै नेतृत्व आवश्यक पर्ने अहिलेको अवस्थाले देखिएको बताउनुभयो ।

बिकास निर्माणका साथै, शुषासन र सामाजिक बिभेदका बिरुद्ध केन्द्रित बन्नुपर्ने बताउनुभयो ।  दोरण शेरचनको अध्यक्षता, कुशल पौडेलको सञ्चालन र गौरी सेञ्चुरीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।