ताजा समाचार:
Search

संसदवादी दलहरुले आधा दर्जन मन्त्रालय सहित करोडौं रकम प्रस्ताव गरे ः विप्लव (भिडियोसहित)

विकल्प न्यूज/बेनी
मंसिर ८ गते ।

 नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले संसदवादी दलहरुले आफ्नो पार्टीलाई आधा दर्जन मन्त्रालय सहित करोडौं रकम दिने प्रस्ताव गरेको बताउनुभएको छ ।  उक्त प्रस्तावलाई आफूले अस्विकार गरिदिएको उहाँले बताउनुभयो । जनतालाई अधिकार सम्पन्न बनाउन आफू लडेकाले पद र पैसा अस्विकार गरिदिएको उहाँको भनाई थियो ।

आन्दोलनलाई विघटन गर्न संसदवादी दलहरुले आफूलाई त्यस्तो प्रस्ताव गरेको उहाँले बताउनुभयो ।
अहिलेकै अवस्थामा माओवादी केन्द्र सँग पार्टी एकता कुनैपनि हालतमा नहुने प्रष्ट पार्नुभयो । बुधबार मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई म्याग्दीको सदरमुकाम बेनीमा सम्बोधन गदैं महासचिव चन्दले जनयूद्ध, सत्ताको नेतृत्वमा पुगेर प्रचण्डले अनुभव गरिसकेकाले सहिद, घाईते र मान्छेका सपनाहरु पूरा गर्न माओवादी क्रान्तिकारीहरु ध्रुविकृतका लागि समेत नेतृत्व परिवर्तनको विकल्प नभएको बताउनुभयो ।

‘भेटघाट नै नभएको अवस्थामा पार्टी एकताको हल्ला चलेको छ,‘स्वार्थी रवैयाका कारण अहिलेकै अवस्थामा एकता सम्भव नै छैन’ महासचिव चन्दले भन्नुभयो । पार्टी एकता र निरन्तर भेटघाटका बारेमा सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको समेत दावी गर्नुभयो ।

‘एकै दिनमा पार्टी एकता हुने होईन्,यहाँ मिल्नुपर्ने धेरै कुरा छ’ नेता चन्दले भन्नभुयो । उहाँले माओवादी केन्द्रसँग एकताको आवश्यकता रहेको भएपनि आगामी कार्यदिशा, सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा सहयोग, जनयूद्धको कार्यदिशा लागु लगायत विषयमा प्रष्ट नहुदाँसम्म एक्लै संघर्ष गर्ने बताउनुभयो ।

महासचिव चन्दले संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भएकाले वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमत सङ्ग्रहद्वारा जनतालाई प्रदान दिनुपर्ने बताउनुभयो ।

‘संसदीय व्यवस्थामै समस्या देखिएको छ,‘जनमत संग्रहको सामाना गर्न अहिलेका राजनीतिक दल तयार छैनन्’ उहाँले भन्नुभयो । ‘हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौं,‘जनयूद्धका सहिदको सपना पुरा हुन अझै बाँकी छ,‘पद र पैसाको राजनीतिले समस्यालाई समाधान गर्ने नभई देशलाई नै झन् ठूलो संकटमा फसाएको छ’ नेता चन्दले भन्नुभयो ।
जनयूद्धको नेतृत्व गर्ने प्रचण्ड–बाबुरामप्रति कटाक्ष गर्दै जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले सत्ताको स्वाद र विदेशीको इसारामा गलत बाटो राजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थितिमा संकट देखिएको बताउनुभयो ।


उहाँले भारतीय हस्तक्षेपका कारण नेपालका ठू्रला जलविद्युत आयोजनाहरू सहित प्राकृतिक स्रोतसाधनमा घोषित रुपमै कब्जा जमाउने काम भएको समेत बताउनुभयो । उहाँले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षण समेत गराउनुभयो ।

गठबन्धन सरकारसँगसर्तहरू पूरा गर्न गरिएको प्रयास सफल नभएको भन्दै महासचिव चन्दले आक्रोश पोखेका छन् । उनले जनताको अधिकार स्थापित नभए फेरी पनि विद्रोह कसैले रोक्न नसक्ने बताउनुभयो ।
अधिकांस समय राष्ट्रिय राजनीतिका बारेमा बोलेका चन्दले म्याग्दीमा माओवादीले गरेको बेनी आक्रमणको समेत स्मरण गदैं जनयूद्धका हतियार आफ्नो पार्टीसँग नभएको बताउनुभयो ।


उहाँले विभिन्न सञ्चारमाध्यममा विप्लवसँग हतियार रहेको भन्दै अनावश्यक भ्रम फैलाउने प्रयास गरिएको बताउँदै आफूहरुसँग विचारको हतियार रहेको बताउँदै कसैले दमन गर्न खोजे आवश्यक परे सबै चिज हतियार बन्न सक्ने बताउनुभयो ।
जनयूद्धको हतियारहरू अहिले सत्तामा भएकाहरूसँग हुनसक्ने भन्दै प्रचण्डतर्फ लक्षित गदैं नेता चन्दले हतियार जनताको आवश्यकता अनुसार उत्पादन गर्न सकिने समेत बताउनुभयो ।

मंगलबार म्याग्दी आएका चन्द पार्टीका धौलागिरी इन्चार्ज धुब्र घिमिरेको घरमा बसेका छन् । पार्टी पुनस्थापना दिवशको अवसर पारेर गरिएको आयोजना गरिएको आयोजक समितिका संयोजक गम बहादुर श्रीस मगरले बताउनुभयो।
उद्घाटनको अवसरमा बेनीबजार मा बिभिन्न झाँकी र जुलुस सहित परिक्रमा गरि खुल्ला मञ्चमा पुगेका थिए । बिहिबारसम्म चल्ने सम्मेलनमा देशभरिबाट १५२ जना प्रतिनिधि तथा परिवेक्षकहरु सहभागी छन् ।