आज बेनीको खुल्ला मञ्चमा नेकपाका महासचिव विप्लवको सम्बोधन

विकल्प न्यूज/बेनी
मंसिर ८ गते ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) ले आज बेनीको खुल्ला मञ्चमा सम्बोधन गर्नुह्ुने भएको छ । मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नका लागि विप्लव म्याग्दी आउन भएको हो । विप्लव मंगलबार साँझ बेनी आइसक्नुभएको नेकपाले जनाएको छ । विप्लवले मध्यान्न १२ बजे खुल्ला मञ्चमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।  खुल्ला राजनीतिमा आएपछि विप्लव पहिलो पटक बेनी आउनुभएको हो ।

विप्लव आउने भएपछि व्यापक तयारी गरिएको छ । बेनीका सडकहरुमा हसिया हथौडा चिन्ह अंिकत झण्डाहरु राखिएको छ । पार्टी पुनस्थापना दिवशको अवसर पारेर मंसिर ८ देखि १० गते सम्म चौँथो राष्ट्रिय सम्मेलनको आयोजना गरिएको सम्मेलन आयोजक समितिका संयोजक गम बहादुर श्रीस मगरले जानकारी दिनुभयो ।

सम्मेलनमा देशभरबाट प्रतिनिधि बेनी आइपुगेका मगर मुक्तिमोर्चाका संयोजक श्रीसले जानकारी दिनुभयो । बेनीमा मगर समुदायको झाँकी सहितको ¥याली गरिने मोर्चाले जनाएको छ ।