ताजा समाचार:
Search

कांग्रेस म्याग्दीको उपसभापतिमा हरिकुमार श्रेष्ठ र केबी भण्डारी विजयी

विकल्प न्युज/ बेनी

मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दीको उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी) विजयी हुनुभएको छ ।

मतगणनाकाे अन्तिम परिणाम अनुसार बेनी नगरपालिकाका मेयर समेत रहनुभएका श्रेष्ठले  ३५४ मत र अर्का विजयी उम्मेदवार केबी भण्डारीले ३७९ मत प्राप्त गर्नुभएको छ ।

जिल्ला कार्यसमितिकाे उपसभापतिकाे दुई पदमा ६ जनाका विच प्रतिस्पर्धा भएको थियाे ।

मतपरिणाम अनुसार कमल छन्त्याल : ८६

क्या ःःडमबहादुर गर्वजा : २३८

माधव प्रसाद रेग्मी :९९

क्या: मीन बहादुर कार्की : ८६

सभापति वाहेकका पदहरूमा सहमति नभए पछि बुधवार निर्वाचन गरिएको थियाे ।