ताजा समाचार:
Search

कांग्रेस म्याग्दीको अधिवेशन : मतगणना सुरू

विकल्प न्युज/ बेनी

म्याग्दी, ३ कात्तिक । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापती , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको मतगणना सुरु भएको छ ।

मतदानमा कुल ७३५ मतदातामा ७१२ मत खसेकाे छ । महाधिवेशन प्रतिनिधि वाट मतगणना सुरू गरीएको छ । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान भएको थियाे ।

अधिवेशनमा समापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भएपनि उपसभापति, सचिव, सह-सचिव र महाधिवेशन प्रतिनिधि लगायतका पदमा मतदान गरिएको हो ।