कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को कार्यसमिति निर्विरोध निर्वाचित

विकल्प न्यूज\बेनी
कात्तिक २७ गते ।


नेपाली कांग्रेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा टंकप्रसाद पुन सर्वसम्मत चयन हुनुभएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ स्थित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट मालिका गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहनुभएका पुन सभापतिमा चयन हुनुभएको मतदान अधिकृत सागरजिवि उपाध्यायले जानकारी दिनुभयो ।
कार्यसमितिको उपसभापतिमा गोपालप्रसाद भट्टचन, तेजिन्द्र थापा सचिवमा हिराबहादुर पुन र हेमेन्द्र गुरुङ हिमाल ,सहसचिवमा भिमप्रसाद गौतम र भक्तबहादुर सिंकिजा पुन चयन हुनुभएको छ । सदस्यहरुमा खगेन्द्र फगामी,अनिल रोका मगर,नगेन्द्र मल्ल,देवेन्द्र रोका,इन्द्र थापा,याममाया सुवेदी,शुसिला खड्का,पुष्पा पौडेल घिमिरे,सर्मिला थापा,पिपला बुढा,ध्रुवकुमार खत्री,रबिना भट्टचन पुर्जा,छकेन्द्र पुन,खिमबहादुर पुर्जा,आशा विक,थमन घिमिरे र पृजन भट्टचन रहेका छन् । सभापति पुनले पार्टीलाई थप बलियो बनाउन सबै संगको सहकार्यमा अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला सदस्य बलभद्र ढकाल,खिम पुर्जा,तमबहादुर थापा, प्रदेश सभा उपसभापति मेकबहादुर पुन र गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर लगायतले बोल्नुभएको थियो । सभापति कमल छन्त्यालको सभापतित्वमा भएको कार्यक्रमको स्वागत उपसभापति गोपाल भट्टचन र सञ्चालन सचिव हिराबहादुर पुनले गर्नुभएको थियो । सोही कार्यक्रमको अवसरमा एमालेको भात्रृ संगठन युव संघका जिल्ला सदस्य मालिका–२ निवासी भरत रोका मगर र वडा नम्बर ३ का वडा अध्यक्ष होमबहादुर पुनका छोरा देबेन्द्र पुन लगायत करिब एक दर्जन युवा एमाले परित्याग गरेर कांग्रेस प्रवेश गरेका छन् ।