ताजा समाचार:
Search

पर्वत बेनी स्थित राजमार्गको हालत ! सडक बनाउने निकाय कहाँ छ ?

विकल्प न्यूज/बेनी
कात्तिक २४ गते । बेनी – मालढुङ्गा सडक अन्तर्गत पर्वतको जलजला वडा नम्बर ३ पर्वत बेनी स्थित पहिरोमा सडक भत्किएको तिनहप्ता भइसकेको छ । जसका कारण सडक साघुरो बनेको छ । दैनिक सयौंको संख्यामा सवारीसाधनहरु जोखिम मोलेर आवतजावत गरेका छन् । सडक भत्किएका कारण यो स्थानमा पैदल यात्रीलाई समेत आवतजावतमा समस्या भएको छ ।

यतिखेर जोमसोम जाने पर्यटकका कारण सवारीसाधनको चाप बढेको छ । सडक भत्किएको धेरै दिन हुँदा पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । यो स्थानमा मात्र होइन बेनी देखि मालढुङ्गा सम्मकै सडकको अवस्था नाजुक छ ।