पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका आरोपीत सार्वजनिक (भिडियोसहित)

विकल्प न्यूज/बेनी
कात्तिक २२ गते ।

बेनी नगरपालिका–५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना आरोपी युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पत्रकार सम्मेलन मार्फत आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुलाई प्रहरीले सोमबार जिल्लाबाहिरबाट पक्राउ गरेको थियो ।

कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पीडित महिलाको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो ।

बेनी नगरपालिका ५ पुलाचौर बस्ने वर्ष २२ का प्रकाश रामदाम, १८ वर्षका प्रवेश रामदाम र वर्ष २४ का हिटमेन बानियाँलाई पक्राउ गरि आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाइएको प्रनाउ राईले बताउनुभयो ।

प्रतिबादीहरुले पीडितको घरको झ्यालमा लात्ताले हानी चुक्कुल फुकालेर भित्र प्रवेश गरी सामुहिक रुपमा जवरजस्ती करणी गरी सोही रात फरार भएको प्रहरीको भनाई छ । एकजना रुपन्देही र दुईजनालाई पोखराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुशन्धान कार्य भइरहेको प्रनाउ राईले बताउनुभयो ।

कसुर पुष्टी भएमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ बमोजिमको कसूरमा सोही दफाको उपदफा (३) को (ङ) अनुसार अठार बर्ष वा अठार बर्षभन्दा बढी उमेरकी महिला भए सात बर्षदेखी दश बर्षसम्म कैद सजायँ साथै उपदफा (७) बमोजिम सामूहिक रुपमा जरबजस्ती करणी गरेमा थप पाँच बर्षसम्म कैद सजायँ कानुनी व्यवस्था छ ।