मनै लोभ्याउने सयपत्री फूलको खेती(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
कात्तिक १८ गते । म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा हरियाली ग्रुपले सयपत्री फूलको खेती गरेको छ । करिब ४ रोपनी जमिनमा फुल खेती गरेको हरियाली ग्रुपका सञ्चालक शेरबहादुर केसीले बताउनुभयो ।

तिनवर्ष देखि व्यवसायीक रुपमा फुलको खेती गर्दै आएको र वार्षिक रुपमा ४ लाख रुपियाँ बराबरको फुल विक्री हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो समय फुलको माग बढ्न थालेको उहाँले बताउनुभयो । तिहारलाई लक्षित गरेर फुल खेती गरेको भएपनि अन्य बेनीबजारमा हुने कार्यक्रमहरुमा पनि माग आउने उहाँले बताउनुभयो । प्रतिकेजी ३ तिनसय रुपियाँका दरले फूल विक्री हुने गरेको उहाँको भनाई छ ।