तलव दिने सहमति पछि बेनी अस्पतालका स्वास्थ्यकर्मीहरु सेवामा फर्किए

विकल्प न्यूज/बेनी
असोज २० गते ।

 

 साउन देखिको तलब नपाएको भन्दै सेवा बन्द गरेर आन्दोलित बनेका बेनी अस्पतालका स्वास्थ्यकर्मीहरु तलब पाउने सहमति पछि सेवामा फर्किएका छन् । बुधवार विहान तलबको माग गर्दै स्वास्थ्यकर्मीहरुले सेवा बन्द गरेर धर्नामा बसेका थिए । अस्पताल व्यवस्थापन समितिको पहलमा अस्पताल प्रशासन र आन्दोलनरत स्वास्थ्यकर्मीहरुका विच तलब भुक्तानीका सम्बन्धमा सहमति जुटेपछि उनीहरु सेवामा फर्किएका हुन ।

अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले लेखापालको समस्याका कारण तलव उपलब्ध गराउन नसकिएको बताउनु भएको छ । सरकारले अस्पताललाई छुट्टै लेखापालको ब्यबस्था नगरिदिएको र बन, पूर्वाधार, सिँचाई लगाएतका कार्यालयको लेखापाल लिएर काम गर्दा समस्या भएको उहाँको भनाई छ । स्वास्थ्यकर्मीहरुलाई समयमै तलब भुक्तानीका लागि अस्पताल गम्भिर भएको र केही आन्तरिक समस्याका कारण स्वास्थ्यकर्मीहरुले समयमै तलब पाउन नसकेको उहाँको भनाई छ ।