तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मी अान्दाेलित, सेवा बन्द

म्याग्दीको बेनी अस्पतालका कर्मचारी साउन देखि यताको तलबको माग गर्दै बेनी अस्पतालका अध्यक्षको कार्यकक्ष बाहिर धर्नामा रहेका छन् ।

बुधबार बिहान देखि अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा अन्य कर्मचारी धर्नामा बस्दा उपचारका लागि अस्पताल पुगेका बिरामी छटपटाउदै डाक्टरको परखाईमा रहेका छन् ।

चाडबाडको समयमा पनि तलब नदिएको भन्दै उनीहरु ध्र्नामा बसेका हुन् । तलबको माग गर्दै पटक पटक अस्पतालका अध्यक्षलाई ध्यानाकर्षण गराएपनि आफुहरुको गुनासो नसुनेपछि आफुहरु आन्दोलनमा जान परेको धर्नामा बसेका कर्मचारीहरु बताउछन् ।

आफ्नो आफन्तको डेलिभरी (सुत्केरी) गराउन विहान १० बजे बाट डाक्टरको पखाईमा बसेपनि अझै डाक्टर नआएर मंगला गाउँपालिका–२ बाट आएकी भगवती किसानले बताउनुभयो ।

‘बिहान देखि डाक्टरको पखाईमा छौँ, केही नर्सहरुले यहाँ हुन्न पोखरा लैजानुपर्छ भन्नुहुन्छ, उहाँले भन्नुभयो, बिरामीलाई बेथा लागेर छपपटाई रहेकी छ, यहाँ कोही हुनुहुन्छ’ उहाँले आँखाभरी आँशु लिकाल्दै भन्नुभयो, सबै आन्दोलनमा छन्, यहाँ बिरामीलाई समस्याका भएको छ।

त्यस्तै बेनी नगरपालिका –२ भकुण्डेबाट आँखाको उपचारका लागि बिरामी लिएर आएपनि १ बजे सम्म पनि डाक्टर नआएको भकुण्डेबाट उपचारका लागि आएका गणेश सुवेदीले बताउनुभयो । ‘बिहान देखि डाक्टरको परखाईमा बसेका छौँ, डाक्टर आएका छैनन्, उहाँले भन्नुभयो, आँखाको जटिल समस्या हुन सक्छ बेलैमा उपचार नपाउदा तर यहाँ बिरामीको वास्ता नगरि आन्दोलनमा गएका छन् ।’ उहाँले अस्पताल व्यबस्थापनले यो समस्या समाधान गरेर बिरामीको उपचार गर्ने बातावरण मिलाउनु पर्ने बताउनुभयो ।

अस्पतालको ओपिडी सेवा दिने, नाम दर्ता गर्ने औँषधि दिने सबै सेवा बन्द छन्, अस्पतालको डाक्टरहरुको कक्षमा डाक्टर भित्र भनेर लेखिएपनि उहाँहरुको कक्षको ढोकामा चाबी लगाईएको छ ।

बिरामीले उपचार नपाएर उपचार नै नगरि घर फर्किएका छन् । कर्मचारी, बेनी अस्पताल प्रमुख, लेखापाल, व्यवास्थापन अध्यक्ष लगायतको टोली छलफलमा बसेपनि अझै बार्ता मिलेको छैन ।