११ औं तोरन्ल गोल्डकपको उपाधी दरवाङले जित्यो (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी
असोज १७ गते । 

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन भएको ११ औं तोरन्ल गोल्डकपको उपाधी थकाली सेवा समिति दरवाङले हात पारेको छ ।

थकाली सेवा समिति दरवाङ (रातढुङ्गां ले १ सय ४१ अंक ल्याएर प्रथम स्थान हासिल गरेको हो । प्रथम हुने दरवाङले नगद एकलाख सहित मेडल प्राप्त गरेको छ । यसैगरी १ सय २७ अंक ल्याएर थकाली सेवासमिति काठमाण्डौंले दोस्रो स्थान हासिल गर्दै नगद पचास हजार रुपियाँ पुरस्कार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

एकसय २६ अंक ल्याएर तेस्रो स्थान हासिल गरेको पोखराले २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै बुर्तिबाङ सेवा समिति चौथो र थासाङ सेवा समिति पाँचौ स्थान हासिल गरेको उनीहरुले नगद १० हजार र पाँचहजार प्राप्त गरेका छन् ।

गोल्डकको समापन समारोहमा पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनले विजेता समुहलाई नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो । यसैगरी सवैभन्दा धेरै धनुषबाण हान्ने महेश तुलाचनलाई नगद ७ हजार पुरस्कार प्रदान गरिएको छ । विशिष्ट खेलाडी तर्फ कुस्माका अनुज शेरचनले ७ हजार नगद पुरस्कार प्रदान गरिएको बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताउनुभयो ।

तोरन्ल गोल्डकपको उपाधि पाउँदा आफूलाई गर्बको महशुस भएको दरबाङ क्षेत्रका थकाली युवा परिवारका अध्यक्ष अनुप गौचनले बताउनुभयो ।