ताजा समाचार:
Search

मुक्तिनाथ सहकारीको लगानी ४३ करोड

विकल्प न्यूज/बेनी
असोज १६ गते ।

सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ५ लाख ८६ हजार ९ सय १४ रुपैयाँ लगानी गरेको जनाएको छ ।

सहकारीको शनिबार सम्पन्न गरिएको १४ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ३७ प्रतिशतले लगानी वृद्धि गरेको अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । सहकारीको सेवालाई ग्रामिण भेगमा विस्तार गर्न अन्य दुई सहकारीलाई मर्ज गरेर सेवा केन्द्र सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले बचत संकलन गर्न सहकारी सफल भएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा सहकारीले ४२ करोड ४१ लाख ३३ हजार ८ एकसय ६१ रुपैयाँ बचत संकलन गरेको जनाएको छ । कोरोना संकटका विच पनि सहकारीले शेयर सदस्यहरुको साथ र सहयोगमा आर्थिक कारोवारलाई वृद्धि गर्न सफल भएको अध्यक्ष गौतमले बताउनुभयो ।

साधारणसभामा अध्यक्ष गौतमले गत वर्ष ३ करोड ६२ लाख ९८ हजार २०० रुपैयाँ थप गरी सहकारीको कुल शेयर पुँजी ७ करोड ८१ लाख ६१ हजार दुई सय पु¥याएको जानकारी दिनुभयो । कोरोना महामारीका कारण समस्यामा परेका ऋणीहरुको व्याजमा ५ प्रतिशत छुट गरेको साधारणसभामा जानकारी दिइएको थियो । लकडाउनमा पनि सेयर सदस्यहरुलाई आवश्यक परेको समयमा सेवा प्रदान गरिएको सहकारीले जनाएको छ ।


साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि गण्डकी प्रदेशसभाका सदस्य विनोद केसीले सहकारीहरुलाई जनमुखी बनाउन सरकारले ल्याएको कानुन र ऐनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

केही सहकारीहरु कानुन भन्दा बाहिर गएर साहुँमहाजन जस्ता भएकाले उनीहरुलाई जनमुखी बनाउन सहकारी कानुन र ऐन बनेको उहाँले बताउनुभयो । साना सानो पुँजीलाई संकलन गरेर उत्पादनशिल क्षेत्रमा लगानी गरी आर्थिक समृद्धि हासिल गर्न सक्ने बलियो आधार सहकारी भएको उहाँले बताउनुभयो ।

सधारणसभामा सहकारीले उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य र कर्मचारीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको थियो । साथै नवविकल्प साप्ताहिकका सम्पादक तथा गोरखापत्र दैनिकका समाचारदाता पत्रकार ठाकुरप्रसाद आचार्यलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
जिल्ला सहकारी संघका सचिव ज्योती लामिछानेले कोभिडका कारण आर्थिक क्षेत्र संकटमा परेको बताउनुभयो । उहाँले सहकारीले आफ्नो उद्देश्य अनुसारको कारोवार गरेमा समाजलाई उन्नती र प्रगतिमा लैजान सकिने विचार व्यक्त गर्नुभयो ।

साधारणसभामा बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराइली, सहकारीका सल्लाहकार कोषानन्द आचार्य, मौवाफाँट सेवा केन्द्रका संयोजक जयराम सुवेदी,घतान सेवाकेन्द्रका संयोजक रुद्रबहादुर रेग्मी, सहकारीको वरिष्ठ सदस्य देवी जिसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


अध्यक्ष गौतमले संस्थाको आगमी योजना सहितको बार्षिक प्रतिवेदन,सचिव डण्डपाणी पराजुलीले प्रगती, कोषाध्यक्ष चिरञ्जीवी बोगटी आर्थिक, लेखा समिति संयोजक नारायणप्रसाद सुवेदीले लेखाप्रतिवेदन र शिक्षा उपसमितिका संयोजक याम बहादुर चोखालले शिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

२०६५ सालमा स्थापना भएको सहकारीले बेनीमा रहेको न्यू निलगिरि बचत तथा ऋण सहकारी संस्था र घतानमा रहेको घतान ग्रामिण सहकारी संस्थालाई गाभेर ४ सय ५५ जना शेयर सदस्यहरु पु¥याएको छ । सचिव पराजुलीले सञ्चालन गरेको साधारणसभामा उपाध्यक्ष दण्डपाणी सापकोटाले स्वागत गर्नुभएको थियो ।