ताजा समाचार:
Search

नेपाली काँग्रेस धौलागिरिको सभापतिमा प्रेम पुन निर्वाचित

विकल्प न्यूज/बेनी
असोज ९ गते ।

नेपाली काँग्रेस धौलागिरि गाउँपालिकाको सभापतिमा प्रेम पुन निर्वाचित हुनुभएको छ । शनिबार भएको गाउँपालिका अधिवेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल,प्रेम विक,सविचमा नगेन्द्र मल्ल,देबेन्द्र रोका, कोषाध्यक्षमा बुद्धीमान शेरपुञ्जा,सहसचिवमा कमल खत्री र रोशन थापा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी कार्यसमितिको सदस्यहरुमा बलबहादुर छन्त्याल,थमबहादुर पर्टेल,दिलबहादुर पुन,भिमदेवी बुढा,रेवती भण्डारी,चुनदेवी विक,हिममाया पुन,मनकुमारी जुग्जाली,सपना गर्बुजा,गौरी सुनार,रामदेवी पुन,पार्वती पुर्जा,नरकुमारी बुढाथोकी,सुमन छन्त्याल,चित्र चोचाङ्गी,शेरबहादुर पुन,विष्णुकुमारी थापा,कुलबहादुर भण्डारी,टेकसिंह थापा,रसु रसाइली,नच्चरी विक,रामु हर्मेल,कबहादुर विक,ऋषीराम सुवेदी,अर्जुन घर्ती,टेकबहादुर गुरुङ लगायत रहनुभएको छ ।