काँग्रेसको बेनी नगरपालिका अधिवेशनमा सहसचिव पदकी कान्छी उम्मेदवार

विकल्प न्यूज/बेनी
असोज ९ गते ।

नेपाली काँग्रेस बेनी नगर अधिवेशन सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा यतिखेर उद्घाटन सत्र चलिरहेको छ । साथसाथै नयाँ कार्यसमितिका लागि मनोनयन दर्ता पनि भइरहेको छ ।

अधिवेशनमा युवा नेताद्धाय विक्रम बोगटी र रविन्द्र कार्कीले आ–आफ्नो नेतृत्वमा प्यानल खडा गरेका छन् । कार्की प्यानलबाट सवै भन्दा कान्छी २२ वर्षिय विन्दु खत्रीले सहसचिव पदमा मनोनयन दर्ता गरेकी छन् । बेनी नगरपालिका ४ सिंगा निवासी खत्री नेपाल विद्यार्थी संघकी जिल्ला कार्यसमिति सदस्य समेत हुन ।

काँग्रेसप्रति युवाको आशा जगाउन आफूले सहसचिव पदमा उम्मेदवारी दिएको खत्रीले बताइन । मतदान गरेर आफू र आफ्नो प्यानललाई सहयोग गर्न खत्रीले
क्षेत्री प्रतिनिधिहरुलाई अनुरोध समेत गरेकी छिन् ।

नगर कार्यसमितिमा ७ पदाधिकारी,प्रत्येक वडाबाट १ महिला सहित ३ जना,खस आर्यबाट ४ महिला सहित ९ जना,आदीवासी जनजातीबाट ३ महिला सहित ६ जना, दलितबाट २ महिला सहित ५ जना, अपाङ्गबाट १ महिला सहित २ जना र मुस्लीम समुदायबाट १ जना कार्यसमितिमा रहने व्यवस्था छ ।