ताजा समाचार:
Search

काँग्रेसको जलजला सभापतिमा पुरुषलाई टक्कर दिन लक्ष्मी हमाल मैदानमा

विकल्प न्यूज/जलजला
असोज ९ गते ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज गाउँ तथा नगर अधिवेशन हुँदै छ । धेरै स्थानमा पार्टी नेतृत्वका लागि पुरुष नै आकांक्षी देखिएका छन् । तर पर्वतको जलजला गाउँपालिकाको नेतृत्वका लागि एकजना महिला मैदानमा छन् ।

वडा नम्बर ८ का हरिविकास जिसी,४ का भिष्म मल्ल,२ का इन्दुप्रकाश पौडेल,३ का सोवित वरुवाल, ६ का बलबहादुर पुन र ५ का याम शर्माले पालिका नेतृत्वका लागि उम्मेदवार घोषणा गरिसकेका छन् । ६ जना पुरुष उम्मेदवारलाई टक्कर दिन जलजला ७ मिलनचोक निवासी लक्ष्मी हमाल आचार्यले पनि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
हमाल लामो समय देखि काँग्रेसको राजनीति सँगै सामाजिक सेवामा समेत क्रियाशिल हुनुहुन्छ । महिलाको हक अधिकारका वारेमा निरन्तर वाकलत गर्दै आउनुभएकी हमाल २०५४ सालमा धाइरिङको महिला संघको अध्यक्षबाट काँग्रेसको राजनीतिमा आउनुभएको हो ।

‘महिलाले पनि नेतृत्वको अवसर पाउनुपर्दछ । महिलाले पनि पार्टी हाक्न सक्छन् भन्ने उदाहरण दिनसक्छु’ उहाँले भन्नुभयो ‘जलजलामा नेतृत्व गर्ने अवसर दिए पार्टीलाई जिल्लामै बलियो र सवल बनाउने छु ।’ पूर्व गाविस अध्यक्ष रुद्रलाल आचार्यको धर्मपत्नी समेत रहनुभएकी हमालले यसपटक महिलालाई नेतृत्व दिन सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरुलाई अनुरोध समेत गर्नुभएको छ ।