एनआरएनएको अध्यक्षमा उठ्ने कुल आचार्यको घोषणा

विकल्प न्युज/ बेनी

असाेज ४ गते । 

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा उठ्ने कुल आचार्यले घोषणा गरेका छन्।

एनआरएनएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ।

उनले पर्वत पुगेर आइतबार आफू एनआरएनएको महाधिवेशनमा अध्यक्ष पदमा लड्ने बताएका हुन्। उनको गृहजिल्ला पर्वत हो। उनी जलजला गाउँपालिका ७ धाइरिङका हुन्।

आचार्य लामो समयदेखि बेलायतमा व्यवसाय गर्छन्। उनी २००३ देखि नै एनआरएनएमा सक्रिय छन्। यसअगाडि उनी अध्यक्षमा कुमार पन्तसँग पराजित भएका थिए।

प्रवासमा रहेका नेपालीलाई आफ्नो देशसँग जोड्न गैरआवासीय नागरिकताको व्यवस्था हुनुपर्ने आचार्य बताउँछन्। एनआरएनएको महाधिवेशनका लागि प्रतिनिधि छनोटमा विवाद छ।

यसबारे परराष्ट्र मन्त्रालयले छिटो छानबिन गर्नुपर्ने र तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने आचार्यले बताए।