अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा रेशम केसी चयन

विकल्प न्यूज/बेनी
असोज २ गते ।


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा रेशम केसी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । अनेरास्ववियु क्रान्तिकारी म्याग्दीले शनिबार बेनीमा आयोजित १७ औँ जिल्ला सम्मेलनबाट रेशम केसीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमितिचयन गरेको हो ।

सम्मेलनबाट समितिको प्रथम उपाध्यक्षमा भाइरथ पाण्डे, द्धितिय उपाध्यक्षमा हेमन्त पाण्डे, सचिवमा विवेक केसी, सह सचिवमा सुस्मिता बाँनिया, सज्जन आचार्य, कोषाध्यक्षमा आइतराम तामाङ रहेका छन् ।

१७ औँ जिल्ला सम्मेलनबाट सदस्यहरुमा सन्दिप खत्री, किरन केसी, पुजा बराईली, प्रभु थापा, सन्दिप शर्मा, रिता खत्री, गकुल थकाली, अनिल भण्डारी कृष्ण थापा लगायतको सदस्य रहेको ४१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । १७ औ जिल्ला सम्मेललाई सफल बनाउन गाउँगाउँका विद्यालयबाट दुईसय भन्दा बढी विद्यार्थीहरु उपस्थित भएका थिए ।

फ्याक्सन इन्चार्जमा कुशल पौडेल रहेका छन् । कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारी केन्द्रिय समितिको सचिव प्रविणा अधिकारी, अनेरास्ववियू क्रान्तिकारी गण्डकी प्रदेश सहइन्चार्ज नारायल बढाल, गण्डकी प्रदेश सह संयोजक सुदिन पौडेल र केन्द्रिय सदस्य गोविन्द गौतमको उपस्थितमा सम्मेलन सम्पन्न भएको थियो ।

कार्यक्रमममा प्रमुख अतिथिको रुपमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटिका सदस्य एवम् युवा नेता टेकबहादुर विक, विशिष्ट अतिथिको रुपमा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी लगायत जिल्ला नेताहरुको उपस्थित रहेको थियो ।