ताजा समाचार:
Search

कालिपुल पहिरो पीडितको अनुभव ः मस्त निद्रामा पानीको छालले खाट नै उचाल्यो, भागेर ज्यान बच्यो (भिडियो सहित)

विकल्प न्यूज/बेनी

भदौं १४ गते । आइतबार राती मल्लाजको भीरबाट पहिरो खस्दा कालिपुल बजारमा क्षति पु¥याएको छ । पानी छाल आएर कालिपुलका १० घरमा क्षति पु¥याएको छ । घर पछाडीका अस्थायी टहरा भत्किएका छन् ।

पानीको छालले स्थानीय एक होटलमा बास बसेका जुम्ला सिंजा गाउँपालिकाका ५ जना व्यवसायीको जडीबुटी,कस्मेटिक सामान,पैसा र लत्ताकपडा बगाएको विरबहादुर रावतले बताउनुभयो । ‘हामी पाँचजना स्थानीय टेक बहादुर पुनको होटलमा बसेको थियौंं उहाँले भन्नुभयो,‘हाम्रो सामान,पैसा,लत्ताकपडा लगायत गरेर करिब ६ लाख बराबरको क्षति पुगेको छ । व्यवसाय गरेर कमाएको पैसा समेत बग्यो घर फर्किने पैसा समेत छैन ।