ताजा समाचार:
Search

मंगलामा एमालेको गढ भत्काउन कांग्रेसको कसरत

विकल्प न्यूज/बेनी
भदौं १३ गते ।

म्याग्दीको मंगला गाउँपालिका नेकपा एमालेको गढ मानिन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा मंगलामा कांग्रेसको एकजना पनि प्रतिनिधि विजयी हुनसकेनन् । सांगाठिनक र राजनीतिक रुपमा कांग्रेस सवै भन्दा कमजोर भएको पालिका हो मंगला ।

तर पछिल्ला एक वर्ष यता कांग्रेसले यहाँ संगठन विस्तारलाई जोड दिएको छ । लामो समय देखि नेकपा एमालेमा रहेका बलभद्र ढकाल कांग्रेसमा प्रवेश गरेसँगै मंगलामा कांग्रेसको संगठन ब्युँतिन थालेको छ । मंगलामा कमजोर हुँदा अघिल्लो संघ र प्रदेशको निर्वाचनमा समेत कांग्रेसलाई धक्का लागेको थियो ।

एकहप्ता अघि नेकपा एमालेले आयोजना गरेको युवा संघको भेला

यता नेकपा एमाले पनि आफ्नो गढ मानिएको क्षेत्रलाई कुनै पनि हालतमा विपक्षीको कब्जामा नजाओस भनेर संगठन विस्तारमा लागेको देखिन्छ । मंगलामा यतिखेर नेकपा एमाले र कांग्रेस संगठन निर्माणमा प्रतिस्पर्धामा छन् । एकसाता अघि नेकपा एमालेले युवा संघको भेला ग¥यो । भेलामा ठूलो संख्यामा युवाहरुको सहभागिता थियो । त्यसै भेलाबाट तर्सिएर लगत्तै कांग्रेसले शनिबार(हिजो) तरुणदलको भेला राख्यो । जसमा पनि ठूलो संख्यामा युवाहरुको सहभागिता देखियो ।

मंगलामा एमालेलाई कमजोर पार्न सके संघ र प्रदेशको निर्वाचनमा जित हासिल गर्न सकिन्छ भन्ने दाउमा कांग्रेस पुगेको छ । ‘अन्य पालिकामा कांग्रेसको संगठन बलियो नै छ । मंगलामा एमालेलाई कमजोर पार्न सकेमा अवको निर्वाचनमा हामीले सहजै जित्न सकिन्छ ’ कांग्रेसका एक जिल्ला सदस्यले भन्नुभयो । पछिल्ला केही महिना यता कांग्रेसले निरन्तर रुपमा मंगलामा आफ्नो गतिविधिहरु बढाइरहेको ति सदस्यको भनाई छ ।

यसैगरी शनिबार कांग्रेसले पालिका स्तरिय नेपाल तरुणदल पुनगर्ठन तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन गरेको छ । नेपाल तरुणदल म्याग्दी र नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको संयुक्त आयोजनामा पालिका स्तरिय तरुणदल र खेलकुद संघ गठन गरिएको नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष तथा तरुणदल म्याग्दीका कोषाध्यक्ष हिराबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार,नेपाली कांग्रेसको भातृ संगठन तरुणदल मंगला गाउँपालिकाको अध्यक्षमा विपिन खड्का उपाध्यक्षमा राम बहादुर खत्री,निर्मलसिंह ठकुरी ,सुमन घर्ति मगर,कुमार लामिछाने विक,प्रताप रोका,लक्षमण घर्ति मगर, सचिव धनबहादुर केसी र निरोज खड्का ,कोषाध्यक्ष बिमला श्रीपाली लगायत ५४ सदस्यीय समिति गठन गरिएको छ ।

खेलकुद संघको अध्यक्षमा रमेश केसी,उपाध्यक्षमा प्रेम पुन ,याम खड्का,एलिन केसी ,सुमन पुर्जा, दिपेन्द्र तुलाचन,सचिव मिलन गुरुङ, अनिता रोका, कोषाध्क्षमा ललिन्द्र थापा र क्रितिज घर्ति क्षेत्री सहित ४९ सदस्य समिति गठन गरिएको छ ।

नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । उहाँले विपक्ष दलहरुको अलोकतान्त्रिक गतिविधिलाई तरुण युवाहरु एकजुट भएर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । तरुण दल पार्टीको खम्बा भएको सभापति गर्बुजाले बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य तथ निवर्तमान जिल्ला सभापति रेशमबहादुर बानियाँ,पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत ,उपसभापति माधव रेग्मी ,सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,सचिव क्याप्टेन मिनबहादुर कार्की,मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर ,तरुणदल जिल्ला अध्यक्ष मुकुन्द छन्त्याल,प्रवक्ता अजयमिलन श्रेष्ठ, जिल्ला सदस्य केबी भण्डारी,जिल्ला सदस्य ओम छन्त्याल ,नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन,कांग्रेस प्रदेश सभा क्षेत्र ‘ख’ का उपसभापति मेकबहादुर पुन, नेता बलभद्र ढकाल लगायत जिल्लाका नेताहरुले युवाहरु एकजुट भएर विपक्ष दलको अलोकतान्त्रिक गतिविधिहरुको खबरदारी गर्दै जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए ।

तरुणदल अध्यक्ष विपिन खड्काको सभापतित्व नेपाली कांग्रेस मंगला गाउँपालिका सभापति नरसिंह केसीको स्वागत र कांग्रेस प्रदेश सभा क्षेत्र ‘ख’ का सचिव श्रीराम पौडेलले कार्यक्रमको संचालन गर्नुभएको थियो ।