म्याग्दीमा कोभिड जोखिम बढ्दै, विहिवार थप ३६ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी
भदौं ३ गते ।

 विहिवार म्याग्दीमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार सवै भन्दा धेरै बेनी नगरपालिकामा २२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै मंगला गाउँपालिकामा ५ जना रघुगंगा ३,अन्नपूर्णमा २,मालिकामा १,धौलागिरि १, पर्वतको जलजलामा २ जनामा कोरोना पुष्टि भएको हो ।
हाल सम्म जिल्लामा कोरोना संक्रमितको संख्या ३१०२ जना पुगेको छ। १२२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । विहिवार १८ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएको कार्यालयले जनाएको छ ।