बेनी नगरपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी
साउन ३० गते ।

शनिबार बेनी नगरपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुला भएसँगै नगरक्षेत्रमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेको हो ।

यसैगरी मंगला गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा १ जना, अन्नपुर्ण गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १ जना , धौलागिरी गाँउपालिकामा १ जना र पर्वतको जलजला गाउँपालिकामा १ जनामा पिसिआर बिधिबाट कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरि बेनी नगरपालिकामा ३ जना र मालिका गाँउपालिकामा २ जनामा एन्टिजेन बिधिबाट गरीएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ३ हजार ३१ जना पुगेको छ । ९पिसिआरबाट १९१९ जना र एन्टिजेनबाट १११२ ०जनामा कोरोना पुष्टि भएको हो । हाल जिल्लामा ११९ जना सक्रिय संक्रमित हुनुहुन्छ । आज १९ जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनुभएको छ ।