सानिमा लाइफको आईपीओ आउँदै

काठमाडौँ, साउन १४ गते । सानिमा लाइफ इन्स्योरेन्सले यही साउन २० देखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय अङ्कित दरका ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये तीन लाख कित्ता सेयर कर्मचारीका लागि, तीन लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५४ लाख कित्ता सेयर सर्वसाधरणको लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ आव २०७४/७५ मा ९९.११ रुपियाँ रहेको थियो भने आव २०७५/७६ मा १०३.१७ रुपियाँ कायम भएको थियो । गत आवको अपरिष्कृत विवरणअनुसार १०९.६७ रुपियाँ नेटवर्थ रहेको कम्पनीले चालू आवका लागि ११६.७४ रुपियाँ हुने प्रक्षेपण गरेको छ । त्यस्तै आगामी आव २०७८/७९ का लागि १२१.७३ रुपियाँ नेटवर्थ हुने प्रक्षेपण गरिएको छ । इक्रा नेपालले कम्पनीलाई बीबीबी माइनस (आईएस) रेटिङ प्रदान गरेको छ ।