ताजा समाचार:
Search

जापानमा रहेका धाइरिङवासीले पठाए पहिरोपीडितलाई राहत

विकल्प न्यूज/जलजला
साउन ११ गते ।

रोजगारीका क्रममा जापानमा रहेका धाइरिङवासीहरुले यहाँका पहिरोपीडितहरुलाई राहत पठाएका छन् । गत असारमा आएको बाढीपहिरोका कारण विस्थापित भएका धाइरिङ किराखोरवासीहरुको सहयोगका लागि जापानमा ३ लाख १२ हजार रुपैयाँ सहयोग रकम जुटेको हो ।

जापानमा रहनुभएका नवराज आचार्य र रामकृष्ण आचार्यको अगुवाईमा संकलन भएको राहत रकम आइतबार जलजला क्रियटीभ युथ ग्रुपले पीडितहरुलाई हस्तान्तरण गरेको छ । पहिरोपीडितको घाउमा थोरै भएपनि मलम लगाउन जापानमा सहयोग संकलन गरिएको आचार्यले बताउनुभयो ।

ग्रुपमा आवद्ध युवाहरुले पीडितहरु बसोबास गरेको स्थानमा पुगेर राहत वितरण गरेको नविन जिसीले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार पहिरोपीडित १५ परिवारलाई राहात वितरण गरिएको छ ।

पहिरोका कारण घर पूर्णरुपमा क्षति भएका परिवारका सदस्यहरु हिरा नेपाली, छविलाल नेपाली, टिके नेपाली, देबेन्द्र गोपाल, लिलवहादुर मगर र रामु आचार्यलाई जनही ४०\४० हजार रुपैयाँ दरले रकम हस्तान्तरण गरिएको हो ।

घर आंशिक क्षति पुगेका पीडितहरुका परिवार ठुले नेपाली, गौमती नेपाली, गोपाल सुनार र तुलवहादुर विकलाई जनही १५\१५ हजार रुपैयाँ वितरण गरिएको छ । यस्तै घरको सामान्य मर्मत गर्नुपर्ने अवस्थाका दिवेश नेपाली, रेशम नेपाली, राजु नेपाली, बेदनाथ पाठक, फुलु नेपाली र मने नेपाली लाई जनही ८\८ हजार रुपैयाँ वितरण गरिएको ग्रपका राजु आचार्यले जानकारी दिनुभयो ।

घरबास गुमाएका विस्थापितहरु स्थानीय विद्यालय र आफन्तकोमा आश्रय लिएर बसेका छन् । बाढीपहिरोका कारण किराखोरमा ३० घर विस्थापित भएका छन् ।