आफन्तको स्मृतिमा पहिरो पीडितलाई सहयोग

साजन परियार/जलजला
साउन १० गते ।

 आफन्तको स्मृ तिमा यहाँको एक परिवारले पहिरोपीडितलाई राहत वितरण गरेका छन् । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ घाखेतका स्वर्गीय चन्द्रबहादर क्षेत्रीको स्मृतिमा उहाँको परिवारले बाढीपहिरो पीडितहरुलाई करिब दुई लाख बराबरको खाद्यन्न वितरण गरेका हुन । स्वर्गीय केसीको धर्मपत्नी चन्द्रकुमारी क्षेत्री,छोरा आनन्द केसी,बुहारी पार्वती केसी,छोरी विष्णु केसी र कोपिला केसीले पहिरोपीडितहरुलाई खाद्यन्न सहयोग गरेका छन् ।

एकसय परिवारलाई प्रतिपरिवार एक बोरा चामल, १ किलो दाल, १ किलो नुन र १ पोका तेल उपलब्ध गराएको वडा सदस्य पुर्ण बहादुर परियारले बताउनुभयो । वडा अध्यक्ष टुगंनाथ आचार्यको सहभागितामा छोरी लक्ष्मी केसी र ज्वाई खेम बहादुर क्षेत्रीले पीडितलाई राहत वितरण गरेको उहाँले बताउनुभयो ।