ज्यामरुककोट मन्दिर जाने पदमार्ग निर्माण (भिडियोसहित)

विकल्प न्यूज/बेनी
असार २५ गते ।

  बेनी नगरपालिका २ भकुण्डे स्थ्ति ज्यामरुककोट जाने पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिकाको १० लाख रुपियाँमा पदमार्ग निर्माण गरिएको हो ।

ज्यामरुककोटलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माणमा वडा कार्यालय जुटेको वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

 

चालु आर्थिक वर्षमा कन्थराथान देखि एकसय ८० मिटर पदमार्ग निर्माण गरिएको वडा अध्यक्ष थापाले बताउनुभयो । वाँकी रहेको पदमार्ग सम्पन्न गर्नका लागि आगमी आर्थिक वर्षका लागि वडा कार्यालयले ८ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

गत वर्ष बेनी नगरपालिका र प्रदेश सरकारको बजेटमा तिनसय १५ मिटर पदमार्ग निर्माण गरिएको थियो । ज्यामरुककोट एतिहासिक स्थल भएकाले नगरपालिकाले यसको प्रवद्र्धनका लागि पहल थालेको वडा अध्यक्ष थापाले बताउनुभयो ।