म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रम‌ण पुष्टि

विकल्प न्युज/ बेनी

असार १७ गते । 

विहिवार म्याग्दीमा थप ४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । केहि दिन यता काेराेना संक्रमण बढ्न थालेकाे छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ६ जना , मंगला गाउँपालिकामा ३ जना र जलजला गाँउपालिकामा ३ जना गरी १२ जना पिसिआर विधिबाट र मंगला गाउँपालिकामा २७ जना , रघुगंगा गाउँपालिकामा ३ जना गरी ३० जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको छ ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २५१४ जना पुगेको छ। (पिसिआरबाट १६६४ जना र एन्टिजेनबाट ८५० )  जिल्लामा १९० जना सक्रिय संक्रमित हुनुहुन्छ।

विहिवार ९ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन ।