बाढीपहिरो पीडितलाई बेनी नगरले तत्काल १५ हजार राहत दिने

विकल्प न्यूज\बेनी
असार २ गते ।

 बेनी नगरपालिकाले बाढी र पहिरोमा परेर घरबास गुमाएकाहरुलाई तत्कालका लागि १५ हजार रुपियाँ नगद राहत दिने भएको छ ।

बुधबार बेनी नगरपालिकाको द्रत प्रतिकार्य समुहको वैठकले अविरल वर्षाका कारण पूर्ण घर क्षति र उच्च जोखिम भएका घरपरिवारका लागि तत्कालका लागि उक्त राहत प्रदान गर्ने निर्णय भएको बेनी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

 वैठकले अविरल बर्षाका कारण प्रभावितहरुका लागि आवश्यकता अनुसार अन्य राहत पनि उपलब्ध गराइने निर्णय भएको उहाँले बताउनुभयो । पछिल्लो वर्षाका कारण बेनी नगरपालिका भित्र ४० घर विस्थापित भएका छन् । बाढी र पहिरोले वडा नम्बर ४ सिंगा, डम्बरा, अर्थुङ्गे,घतान,बगरफाँट धेरै प्रभावित बनेका छन् ।