मंगलबार देखि बेनीका बैंक तथा वित्तिय संस्था ८ देखि १२बजे सम्म खुला रहने

विकल्प न्यूज\बेनी
जेठ ३१ गते । 

मंगलबार देखि बेनीका बैंक तथा वित्तिय संस्थाहरु विहान ८ देखि १२ बजे सम्म खुला हुने भएका छन् । कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न जारी लकडाउनलाई सोमबार बसेको डिसिसिएमसीको वैठकले केही खुकुलो बनाएर थप एकसाता थप्ने निर्णय गरेको हो ।

वैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य मापदण्ड पूर्णरुपमा परिपालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जारी विज्ञप्तीमा जनाएको छ ।

वैंक तथा सहकारीहरुले कर्जा असुली एवम् लगानीका लागि घर,गाउँ जाने तथा समुह भेला \बैठक जस्ता कार्य गर्न नपाइने विज्ञप्तीमा उल्लेख गरिएको छ । यसैगरी पसलहरु विहान ५ बजे देखि ११ बजे सम्म खोल्न पाइने भएको छ ।