म्याग्दीमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज\बेनी

जेठ २८ गते ।


म्याग्दीमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकामा ६ जना , रघुगंगा गाउँपालिकामा ५ जना , अन्नपुर्ण गाउँपालिकामा १२ जना , मालिका गाँउपालिकाका १ जना , मंगला गाउँपालिका २ जना गरी २६ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २१९३ जना पुगेको छ (पिसिआरबाट १५६५ जना र एन्टिजेनबाट ६२८) जिल्लामा २१८जना सक्रिय संक्रमित छन् । आज १६ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका अनुसार अहिले सम्ममा अब ३८ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।