मैले के गर्नु उपयुक्त हुन्छ ?

म १५ वर्षकी भएँ । मेरो महिनावारी सुरु भएको २ वर्ष भैसक्यो । अहिले हरेक १५ दिनमा मेरो महिनावारी हुन्छ । महिनावारीमा रगत ठीकै गए पनि अत्यधिक पेट दुख्छ । मलाई सार्‍है गार्‍हो भएको छ । मैले के गर्नु उपयुक्त हुन्छ ?

ते.

किशोरावस्थामा महिनावारीमा यस्ता समस्या देखा पर्न सक्छन् । यी समस्या बिस्तारै आफैं पनि हराउने र कसै–कसैमा मात्र उपचार चाहिने भएकाले खासै आत्तिनु पर्दैन । तपाईंको महिनावरी १५ दिनमै हुने र अत्यधिक पेट दुख्ने दुई समस्या भए पनि कारण एउटै छ— हार्मोनको असन्तुलन । किशोरी अवस्थामा इस्ट्रोजेन र प्रोजेस्ट्रोन हार्मोनको सन्तुलन कायम नभैसकेकाले यस्तो भएको हो । यो अवस्थामा महिनावारी नियमित गर्न केही महिना हार्मोनयुक्त औषधि प्रयोग गर्न सकिन्छ । यस्ता औषधिले पीडा (डिस्मेनोरिया) पनि ठीक गर्न सक्छन्, तर हार्मोनयुक्त औषधि चिकित्सकको परामर्शबिना सेवन गर्नु हुँदैन ।