कोरियामा रहेका विनोद कुँवरद्धारा अस्पताललाई ५ वटा अक्सिजन सिलिण्डर सहयोग

विकल्प न्यूज/बेनी
जेठ ६ गते ।

 म्याग्दीमा तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन दक्षिण कोरियामा रहेका एक म्याग्देलीले बेनी अस्पतालले स्थापना गरेको अक्सिजन बैंकलाई पाँच सिलिण्डर सहयोग गरेका छन्।

लामो समयदेखि कोरियामा ब्यवसायसँगै सामाजिक संघसंस्थामा आवद्ध बेनी नगरपालिका–५ चुत्रेनीका विनोद कुँवरले कोरोना संक्रमतिको उपचारका लागि ५ वटा सिलिण्डर अस्पताललाई उपलब्ध गराएका हुन् ।बिहिबार अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र अस्पताल प्रमुख डा. जितेन्द्र कँडेललाई हस्तान्तरण गरिएको छ ।

हाल कोरियामा रहेका कुँवरले आफ्नो जिल्लाका कोरोना संक्रमतिको उपचारमा कुनै समस्या हुन नदिन उक्त सहयोग गरेको बताए ।

 ‘कोरोना संक्रमतिलाई अक्सिजनको अभाव हुन नदिने अभियानमा मैले सानो सहयोग गरेको छु,‘अझै थप सहयोगका लागि पनि प्रयास गरिरहेको छु’ कुँवरले भने ।

मोना अन्तराष्ट्रियका पूर्व अध्यक्ष, एनआरएनए दक्षिण कोरियाका पूर्व अध्यक्ष, एनआरएनए आइसीसी सहित दर्जनभन्दा बढी संघसंस्थामा आवद्ध कुँवरले गतबर्ष कोरोनकै कारण दक्षिण कोरियामा अलपत्र परेका नेपालीको उद्धारमा समेत खटिएका थिए ।

  ‘म्याग्देली कोरोना संक्रमतिको लागि आवश्यक पर्ने अक्सिजनमा, मेरो योगदान’ नामक अभियान मार्फत यसअगाडी समेत अस्पतालमा सिलिण्डर समेत सहयोग भइसकेको छ भने थप सिलिण्डरका लागि समेत काठमाण्डौ लगायतका जिल्लामा खोजी भइरहेको छ।