ताजा समाचार:
Search

म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

विकल्प न्यूज/बेनी
जेठ ३ गते । फाइल तस्विर

पोखरामा उपचाररत म्याग्दीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगला गाउँपालिका ५ अर्मनका ५२ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा सोमबार निधन भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती मार्फत जनाएको छ । उहाँमा वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै म्याग्दीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।