ताजा समाचार:
Search

म्याग्दीमा शुक्रबार ५८ जना संक्रमित थपिए

विकल्प न्युज/ बेनी

बैशाख ३१ गते । 

म्याग्दीमा शुक्रबार ५८ जना नयाँ संक्रमित थपिएका छन । पिसिअार परिक्षणमा ४८ र एन्टिजिन परिक्षणकाे १० गरि साे संख्यामा संक्रमित थपिएका हुन ।

नयाँ थपिएका मध्य बेनी नगरपालिकामा ३४,रघुगंगामा ५,जलजलामा ४,अन्नपूर्ण मा १ र मालिकामा ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयाे ।

म्याग्दी जिल्लामा जम्मा संक्रमितको संख्या पिसिआर विधिबाट ५४६ र एन्टीजेन विधिबाट ९८ गरी कुल जम्मा ६४४ जना पुगेको छ । हाल जिल्लामा २२३ जना सक्रिय संक्रमित रहेका छन भने आज निको भएर २३ जना आईसोलेशन मुक्त भएका छन । १५ जना संक्रमित काे निधन भएकाे छ ।