ताजा समाचार:
Search

एम्बुलेन्स बनाउन नगर प्रमुखले हस्तान्तरण गर्नुभयाे दुई निजी गाडी

विकल्प न्युज/ बेनी

बैशाख ३० गते । 

बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले अाफ्ना नीजि दुई बाेलेराे जिप काेराेना संक्रमितलाई बाेक्न एम्बुलेन्स बनाउन नगरपालिका लाई हस्तान्तरण गर्नुभएकाे छ ।

नगरक्षेत्र भित्र रहेका काेराेना संक्रमितलाई अस्पताल सम्म ल्याउन सवारि साधनकाे अभाव नहाेस भनेर  दुईवटा निजि गाडि नगरपालिकालाई हस्तान्तरण गरेकाे प्रमुख श्रेष्ठले बताउनुभयाे ।

कोरोनाको जोखिम रहेसम्मको अवधिलाई निशुल्क रुपमा गाडी दिएको उहाँले बताउनुभयो । एउटा गाडी चालक सहित र अर्कोमा नगरपालिकाले चालकको व्यवस्था गरेर कोरोना संक्रमितलाई बोक्न परिचालन हुने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले  नगर प्रमुखले  हस्तान्तरण गर्नुभएको गाडिलाई २४ सै घण्टा तयारि अवस्थामा राखिने बताउनु भयाे ।

अहिले नगरपालिकाले एउटा गाडी भाडा लिएर सेवा दिइरहेको छ । नगरक्षेत्र भित्र कोरोना संक्रमितहरु बढ्दै गएकाले सवारीसाधनको आवश्यकता महशुष भएको र नगरप्रमुखले उपलब्ध गराउनुभएको गाडीले कोरोना संक्रमितका विरामीहरुलाई बोक्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।