ताजा समाचार:
Search

म्याग्दीमा जेठ १० सम्म लकडाउन थपियो

विकल्प न्यूज/बेनी
बैशाख ३० गते ।

 कोरोनाको जोखिम बढेसँगै म्याग्दीमा थप १० दिन लकडाउन गरिने भएको छ । पहिलो चरणको लकडाउन बैशाख ३१ गते सकिदै छ । दोस्रो चरणको लकडाउन ३१ गते शुक्रबार राती १२ बजे देखि जेठ १० गते राती १२ बजे सम्म कायम हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बताउनुभयो ।

विहिबार बसेको डिसिसिएमसीको वैठकले लकडाउन थप्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको उहाँले बताउनुभयो । दोस्रो चरणमा पूर्णखालको लकडाउन हुने उहाँले बताउनुभयो । वैक तथा वित्तिय संस्था,पसल र यातायात पूर्णरुपमा बन्द गरिने उहाँले बताउनुभयो । अत्यबश्यक वाहेकका सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवा पनि पूर्णरुपमा बन्द हुने प्रशासनले जनाएको छ ।

लकडाउनलाई थप कडाई गरिने प्रजिअ अधिकारीले बताउनुभयो ।