अध्यक्ष भण्डारीद्धारा निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान (भिडियोसहित)

विकल्प न्यूज/बेनी
बैशाख २८ गते ।

 रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान गर्नुभएको छ ।

पालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमितहरुलाई सहज तरिकाले अस्पताल सम्म पु¥याउन भण्डारीले निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न पालिकालाई हस्तान्तरण गर्नुभएको हो ।

९ सिट क्षमताको स्कारपिओ जिपको चावी मंगलबार पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीलाई अध्यक्ष भण्डारले हस्तान्तरण गर्नुभयो ।

समुदायस्तरमा कोरोनाको जोखिम बढेको र जुनसुकै समयमा पनि संक्रमितलाई अस्पताल सम्म पु¥याउनुपर्ने भएकाले कोरोनाको संक्रमण रहेसम्म आफूले गाउँपालिकालाई निशुल्क रुपमा प्रयोग गर्ने गरी गाडी हस्तान्तरण गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

अध्यक्षले प्रदान गरेको गाडीलाई एम्बुलेन्सका रुपमा पालिकामा २४ सै घण्टा तयारी अवस्थामा राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

अध्यक्ष भण्डारीले आफ्नो निजी गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न पालिकालाई हस्तान्तरण गरेकाले संक्रमितलाई अस्पताल सम्म पु¥याउन सहयोग मिल्ने उहाँले बताउनुभयो । गाडीमा स्वास्थ्य उपकरणहरु जडान गरी चालकको व्यवस्था गरेर परिचालन गरिने उहाँले बताउनुभयो ।