ताजा समाचार:
Search

धौलागिरि गापाका ३७ वर्षीय संक्रमित युवाको पोखरामा मृत्यु

विकल्प न्यूज/बेनी
बैशाख २७ गते । म्याग्दीको धौलागिरि गाउँपालिका २ का ३७ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार गण्डकी मेडिकल कलेज पोखरामा सोमबार विहान मृत्यु भएको हो । मृतक पुरुषको २३ गते कोरोना संक्रमण भएको पुष्टि भएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।