म्याग्दीमा थप १८ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी

बैशाख २७ गते । म्याग्दीमा साेमबार  थप १८ जनामा काेराेना पुष्टि भएकाे छ । २३ गते २३ जनाकाे स्वाव संकलन गरि परिक्षणका लागि पठाएको मा साे संख्यामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयाे ।

उहाँ का अनुसार बेनी नगरपालिकामा १० जना,रघुगंगामा २,मंगलामा २,मालिका १,अन्नपूर्ण १ र जलजलामा २ जनामा काेराेना पुष्टि भएकाे छ ।