मुस्ताङमा काम गर्ने क्रममा मिक्चरमा बेरिएर एक युवाको मृत्यु

म्याग्दी,२० चैत।

राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम -कोरला सडक अन्तर्गत बेनी-जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

करिडोर अन्तर्गत कोसिएन न्यौपानेको कम्पनीले ठेक्का लिएको घरपझोङ गापा – ३ को स्याङको सडकमा सडक वालको काम गर्ने क्रममा म्याग्दी जिल्ला मंगला गाउँपालिका -४ बस्ने २० वर्षीय लालबहादुर रोकाको शुक्रबार बिहान १० बजेको समयमा मिक्चरमा बेरिएर घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार शव निकालेर परिक्षणका लागि जिल्ला अस्पताल मुस्ताङमा राखिएको छ।