ताजा समाचार:
Search

भारतमा एकैदिन ४५९ संक्रमितको मृत्यु

१९ चैत, २०७७

  

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको असर बढिरहेको छ । बुधबार मात्रै भारतमा कोरोना संक्रमणबाट ४५९ जनाको मृत्यु भएको छ ।  भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार देशभर ४५९  संक्रमितको मृत्यु भएको हो ।

 यो मृत्यु संख्या नि २०२१ सुरु भएपछि कै धेरै हो ।  यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या करिब १ लाख ६३ हजार पुगिसकेको छ ।  गत जनवरीमा भारतमा थपिने संक्रमितको संख्या दैनिक १० हजार भन्दा कम थियो । भारतमा २४ घण्टामा ७२ हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
कुल संक्रमितको संख्या १ करोड २२ लाख २१ हजार भन्दा धेरै छ ।

यो सँगै भारतमा अहिले सक्रिय संक्रमितको संख्या ५ लाख ८४ हजार ५०० भन्दा धेरै छ।