यस्तो थियो बेनीमा होलीका दिन मजदुर माथि कुटपिट (हेर्नुहोस भिडीयो)

विकल्प न्यूज/बेनी
चैत ११ गते ।

२०७२ को फागु पूर्णीमाका दिन होली खेल्ने क्रममा बेनीको न्युरोडमा मजदुर माथि भएको कुटपिट घटनाको भिडीयो फुटेज सार्वजनिक भएको छ । घटनास्थलको प्रत्यक्षदर्शीले खिचेको सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनीक भएको हो । भिडियोमा भाषा मंका खलको टोलीले पानी छ्याप्ने मजदुरमाथी निर्घाध कुटपीट भएको देखिन्छ ।

भिडीयोमा भाषा मंका खलका पुर्व अध्यक्ष समेत रहेका राजेन्द्र श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कुबिरकुमार श्रेष्ठ र उनका परिवारका सदस्यहरु ति मजदुरमाथी आक्रामक र उग्र रुपमा प्रस्तुत भएको देखिन्छ । हुलाकचोकदेखि क्याम्पसचोक जादै गरेको भाषा मंका खलको होली खेल्ने समूहलाई न्युरोडको भिम एण्ड ब्रर्दश अगाडी एक जना व्यक्तिले टपेसबाट पानी फालेका थिए ।

पानी छ्याप्ने ति व्यक्ति दाङ तुल्सीपुल ४ का २१ वर्षिय समिर केसी हुन् । उनि भिम एण्ड ब्रर्दशमा ट्रक सहचालकको रुपमा काम गर्छन् । पानी छ्यापे लगत्तै बेनी नगरपालीका वडा न. ६ का वडा नागरीक मञ्चका संयोजक र नेपाल रेडक्रस सोसाईटी बेनी नगर उपशाखाका सभापति राजेन्द्रकुमार श्रेष्ठले केसीको गालामा थप्पड हानेका छन् । केसीले थप्पड खाएपछि बाटा उनिहरुतर्फ फाल्छन् । त्यसपछि राजेन्द्रका छोरा जेनश पनी केसी माथी जाईलाग्छन् । बेनीको हुलाकचोक निबासी राजेन्द्र र कुबिर दाजुभाइ हुन् । त्यसपछि १०/१५ जनाले परियारमाथि सामुहिक रुपमा कुटपीट गर्छन् ।

नागरीक समाजका संयोजक समेत रहेका भाषा मंका खलका पुर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ, भिम एण्ड ब्रर्दशका सञ्चालक तारानाथ रेग्मी, भाषा मंकाखल अन्तरगतको ल्याम पुचका अध्यक्ष सुबिन श्रेष्ठ लगायत केही व्यक्ति कुटपिटमा उत्रिएकालाई रोक्न र परियारलाई बचाउन खोजीरहेका देखिन्छन् । तर उनिहरुको केही जोर चल्दैन् ।

भिम एण्ड ब्रर्दशको अगाडी कुटपिटको घटना भैरहँदा केही माथि रहेको हिमचुली टेलर्सको अगाडी अर्को रोचक दृष्य देखिन्छ । जहाँ म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष र परोपकारी संस्था भनेर प्रचार गरिने लायन्स कल्व अफ बेनी म्याग्दीका अध्यक्ष कुबिरकुमार श्रेष्ठ, उनकी श्रीमती पानी छ्याप्न प्रयोग भएको बाटामाथी रिस पोख्दैछन् । बाटालाई पेटीमा पछार्दा नफुटेपछि कुबिर श्रेष्ठले ढुंगाले हानेर बिचमा प्वाल पार्छन् ।

बेनी बजारका प्रतिष्ठीत मानिएका र आफूलाई समाजसेवी दावी गर्ने व्यक्तिहरुले पानी छ्याप्ने युवालाई सम्झाई बुझाई गर्नु, चित्त नबुझेको खण्डमा प्रहरी प्रशासनमा उजुरी गर्नुको साटो कानुन हातमा लिएर गरेको ब्यवहार प्रर्दशनले उनिहरुको छवी र आचरण उदांगो पारिदिएको छ । र संगै प्रश्न पनि उठेको छ उग्र स्वभाव र हैकमबादी प्रवृती भएका व्यक्तिहरुले कसरी समाजको हितमा काम गर्न सक्छन् ? गरेका होलान ? कुटपिट भएको करिब तिन मिनेटपछि प्रहरी घटनास्थलमा आउँछ ।

भिम एण्ड ब्रर्दशको छेउमा रहेको तरकारी पसलको भित्र लगीएका परियारलाई प्रहरीले गाडीमा हालेर जिल्ला अस्पतालमा लैजान्छ । घटनास्थल नजिकै देखिएका पत्रकारहरुले उनिहरुको ब्यवहारलाई निजिकबाट नियालीरहेका छन् । घटनाको विषयमा मंगलबार साँझ जिल्ला प्रहरी कार्यालयमा भएको छलफल पछि परियारले पानी फाल्नु र मंका खलको टोलीले कुटपिटमा उत्रनु गल्ती भएको स्वीकार गरेका छन् ।

भाषा मंका खलले घाइते परियारको उपचार खर्च ब्यहोर्ने सहमती पछि प्रहरीले मुद्दा अघि बढाएको छैन् । कुटपिटको घटनामा संलग्नहरुलाई कानुनी हिसावले कुनै कारबाही नभएपछि उनिहरु आफ्नो कमजोरी महशुस गरि आगामी दिनमा सच्चिने भावना जाग्नुको साटो प्रोत्साहन मिलेजसरी प्रस्तुत भैरहेका छन सामाजिक सञ्जालमा । घटनाको प्रत्यक्षदर्शी र सो विषयमा समाचार लेख्ने पत्रकारहरुलाई फेसबुकमा तथानामगाली गर्ने काम गरिरहेका छन् । सन्तोष गौतम