सुन्दरकुमार थकाली/जोमसोम
चैत १६ गते ।
उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर ९बेनीरजोमसोमरकोरला० राजमार्ग सडक अन्र्तगत जोमसोम देखि कागबेनी ११ किमी सडकखण्ड कालोपत्रे गरिने भएको छ ।
२०७४ सालमा निर्माण सुरु गरिएको जोमसोमरकोरला ग्रोभल सडकको ७ प्याकेजमा काम भइरहेकोमा ४ वटा प्याकेजको काम निर्माण सम्पन्न भइ करिडोरलाई गत वर्षनै हस्तान्तरण भइसकेको छ भने जोमसोमरकोरला सडकको ३ प्याकेजको काम सम्पन्न हुन बाँकी छ ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले करिडोर सडकलाई हस्तान्तरण भइसकेको जोमसोमरकागबेनी ११ किमी सडकको कालोपत्रे गर्न ५८ करोड बजेट विनियोजन भएको करिडोर सडकका सूचना अधिकारी इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए ।
यसअघि करिडोरले जोमसोम(कोरला खण्डको जोमसोमरचैले सम्म कालोपत्रेका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो । तर ,अर्थ मन्त्रालय उक्त प्रस्ताव अस्वीकृत गरेको थियो । तर ,दोश्रो प्रस्तावमा जोमसोमरकागबेनी कालोपत्रेका लागि बजेट माग गरिएकोमा स्वीकृत भएको हो ।
निर्माण सम्पन्न जोमसोमरकागबेनी ग्राभेल सडकमा कालोपत्रे स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले बजेट पास गरेको हो । अब उक्त सडकको कालोपत्रे गर्न स्टमेट तयार गरी विभागबाट स्वीकृत गरी टेन्डर आहवान हुने करिडोरले जनाएको छ ।करिडोरले यसै महिना भित्र टेन्डर आह्वान गर्ने र यसको अवधि ३ महिना रहने छ । करिडोरका ईन्जिनीयर यादवले सबै प्रक्रिया सकेर आगामी आर्थिक वर्षको सुरुआतमै कालोपत्रेको काम सुरु हुने जनाए । उनले आगामी दशै भित्र जोमसोम—कागबेनी सडक कालोपत्रे संम्पन्न हुने उल्लेख गरे ।
यस्तै ,राष्ट्रिय गौरवको ७६ किमी बेनी—जोमसोम सडकखण्डको प्याकेज नं। ३ र ४ को कालोपत्रे बिछ्याउनेकार्य बैशाख देखि सुरु हुने करिडोरले जनाएको छ ।२०७४ साल देखि सुरु भएको जोमसोम—कोरला सडकको काम ६० प्रतिशत सकिएको हो । जसमध्ये शर्मा गजुरमुखी जेभीले मुस्ताङको थासाङ—३ लेते देखि कोवाङसम्म र सप्तकोशी जलाधार जेभीले थासाङ—२ कोवाङ देखि जोमसोमसम्म कालोपत्रेको तैयारी गरेको हो ।
सो सडकमा कालोपत्रे गर्ने तयारी रहेपनि कोरोना माहामारी तथा हिउदयामको चिसोको कारण कालोपत्रे बिछ्याउन काम अघि बढेको थिएन । त्यहा निर्माण कम्पनीले कालोपत्रेका लागि केही उपकरण ल्याउन बाकी छ भने आवश्यक गिट्टी,बालुवा र बिटामिन समेत तयारी अवस्थामा राखेको छ ।
यस्तै हिमाली जिल्ला मुस्ताङमा ४ वर्षअघि पहिलो पटक कागबेनी—मुक्तिनाथ सडक कालोपत्रे गरिएको थियो । त्यससमय साविक स्थानीय विकास मन्त्रालय मार्फत ग्रामिण पुननिर्माण तथा पूनस्थापना आयोजना ९त्रिपल०ले कालोपत्रे बिछ्याउने काम गरेको थियो ।योसंगै करिडोरले जोमसोमरकालोपत्रे बिछ्याउन काम सम्पन्न भएमा जोमसोम—मुक्तिनाथ यात्रा सहज हुने जनाईएको छ । अन्नपूर्ण पोष्ट
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...