विकल्प न्युज
म्याग्दी, १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाको धमाखुमा ब्यवस्थित संरचनासहितको खेलकुद मैदान निर्माण गरिएको छ। चिमखोलामा संघ, प्रदेश, गाउँपालिकाको बजेट र स्थानीयको जनश्रमदानबाट खेलकुद मैदान निर्माण गरिएको हो ।
यस आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, शौचालयसहित ब्यवस्थित खेलमैदान निर्माण गरेका हुन् । भुमे पुजाको अवसरमा मण्डली युवा क्लव चिमखोलाको आयोजना गरेको खेलकुद तथा सास्कृतिक कार्यक्रमको अवसरमा प्रतिनिनिधि सभाकी सदस्य एवम् पुर्व मन्त्री थममाया थापाले खेलकुद मैदानको उद्घाटन गर्नुभएको हो ।
ढलानसहितको खेलमैदानसंगै घेराबार, स्टेज, शौचालय र टहरा लगायतको पुर्वाधार संघ र प्रदेशका सांसद र स्थानीयहरुको सहयोग तथा जनश्रमदानबाट निर्माण भएको मण्डली युवा क्लवका सचिव भिम थापा मगरले बताउनुभयो । स्टेजसहितको खेलकुद मैदान निर्माणले बास्केटबल, भलिबल लगायतको खेलकुद तथा साँस्कृतिक कार्यक्रम गर्न सहज भएको क्लवका सचिव थापाले भन्नुभयो ।
यस आर्थिक बर्षमा रघुगंगा गाउँपालिकाले शौचालय तथा टहरा निर्माणमा ४ लाख ७५ हजार र स्थानीयको १ लाखको जनश्रमदानसहित ५ लाख ७५ हजारमा निर्माण गरिएको क्लवका सचिव थापाले जानकारी दिनुभयो। खेलमैदान निर्माण कार्यक्रममा स्थानीयले थाली र टोपा नाच, शर्मा जाले जुरे चल्ला लगायतको सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । वडा अध्यक्ष दुर्गाप्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायत स्थानीय समाजसेवीहरुको उपस्थित थियो ।
संघ र प्रदेश रगाउँपालिकाबाट बजेट विनियोजन, स्थानीयको जनश्रमदान र आर्थिक संकलनबाट ८ वटै वडामा बास्केटबल र भलिबल लगायतको कार्यक्रम गर्न मिल्ने ढलानसहितको पक्की खेलमैदान निर्माणा गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।धिरन खत्रि
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...